कांग्रेस लुम्बिनीमा २१ विभाग गठन- लुम्बिनी - कान्तिपुर समाचार

कांग्रेस लुम्बिनीमा २१ विभाग गठन

अमृता अनमोल

बुटवल — नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ । पार्टीको विधानअनुसार प्रदेशमा सभापति अमरसिंह पुनले ती विभागका प्रमुखमा मनोनयन गरेका हुन् ।

कांग्रेसले प्रदेशको संठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचारप्रसार विभागको प्रमुखमा दाङका प्रचण्डविक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डे, प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्रप्रसाद पाण्डेलाई मनोनयन गरेको छ ।

प्रदेश कार्यालय मुख्य सचिव मोहनराज शर्माका अनुसार प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, नवलपरासीका विश्वप्रेम पाठक, शुभेच्छुक संस्था समन्वय विभाग, प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, अर्घाखाँचीका जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्रनाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग, दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग, रुपन्देहीका दीर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

कपिलवस्तुका विक्रमसिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीलाकुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा विपद् व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले कांग्रेसको विधानअनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको बताए । उनले अन्य १३ वटा विभाग गठन छिट्टै गठन गर्ने बताए ।

प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ । विभागका सदस्यहरू भने विभाग प्रमुखहरूले मनोनयन गर्नेछन् । कांग्रेसले तीन दिनअघि विभाग गठन गरे पनि बुधबारमात्रै पत्रकारहरुलाई जानकारी गराएको हो ।

प्रकाशित : माघ १८, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता महत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् । नुवाकोटको तादी गाउँपालिकामा बुधबारदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए ।

कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने उनले दाबी गरे । ।

'गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्‍यौं । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो', प्रवक्ता महतले भने, 'ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरुपमा लिएका छौं । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।'

प्रतिपक्षमा रहेको कांग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने उनले चेतावनी दिए । भलिबल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री महतले खेलले शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिसमेत दिने भएकाले खेललाई मनोरञ्जन मात्रै नभई स्वस्थ्य जीवनका लागि अपरिहार्यता रहेको बताए ।

खेलकुदले बहुआयामिक लाभ पुग्ने भन्दै विकास, परिवर्तन र राष्ट्रिय एकतामा खेल र संस्कृति सबैभन्दा बलियो हतियार रहेकाले राजनीतिक हस्ताक्षेपमुक्त भएर यसको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ १८, २०७९ २१:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×