कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्याङ्जामा चक्कुले घाँटी रेटेर किशोरको हत्या

स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ । दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

राप्ती घर भई सोही घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीमगरले आइतबार राति चक्कुले घाँटीमा प्रहार गरेका थिए । घाइते चौधरीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

उपचारका क्रममा चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । निमबहादुरलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।

प्रकाशित : वैशाख १७, २०८१ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?