कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मोनाको महाधिवेशन बेनीमा सुरु

घनश्याम खडका,

म्याग्दी — म्याग्दी प्रवासी नेपाली संघ (मोना)को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि बेनीमा सुरु भएको छ । असोज २८ गतेसम्मम सञ्चालन हुने अधिवेशनमा भाग लिन विश्वका विभिन्न २८ देशका ३ सय बढी प्रतिनिधिहरु आएका छन् । २०६४ सालमा स्थापना भएको मोनाको प्रत्येक २ वर्षमा म्याग्दीमै महाधिवेशन गर्ने चलन छ । 

मोनाको महाधिवेशन बेनीमा सुरु

म्याग्दीमा जन्मथलो भई विश्वका विभिन्न मुलुकलाई कार्यथलो बनाएका म्याग्देलीद्वारा प्रवासमा आर्जित पुँजी, सिप र क्षमतालाई मातृ जिल्लामा लगानी गर्ने उद्देश्यले स्थापित मोनाको विश्वका विभिन्न २८ देशमा राष्ट्रिय समितिहरु सक्रिय छन् । मोना एनआरएनपछिको विश्वभर संगठन सञ्जाल भएको प्रवासीहरुको संस्था हो ।

मोनाले ३ वर्षअघि मनसुनजन्य विपद्‌बाट घर पूर्ण क्षति भएका जिल्लाका ४० परिवारलाई सुरक्षित स्थानमा जग्गा व्यवस्थापनसहित घर निर्माण गरी पुनर्वास गराएर थियो । प्रवासमा रहेका जिल्लावासीबाट संस्थागतरुपमा जिल्लाको स्वास्थ्य, शिक्षा, खेलकुद, सानातिना पूर्वाधार निर्माण तथा विपदजन्य घटनामा सहयोग गर्दै आएको छ ।


त्यस्तै, विश्वमा छरिएका जिल्लावासीबाट थोरै–थोरै लगानी जुटाएर स्थापना गरेको ग्लोबल इन्भेष्ट कम्पनीमार्फत जिल्लामा दुई वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

‘विनासकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी र अहिले रसिया–युक्रेनपछि नेपालको अर्थतन्त्रमा पनि असर परेको छ । आर्थिक मन्दीले जनजीवन प्रभावित भएको बेला हामी विदेशमा आर्जित पुँजी, सीप र क्षमतालाई जिल्लामा ल्याउने समय भएको ठानेका छौं,’ मोनाका वरिष्ठ उपाध्यक्ष दधिवल खड्काले भने, ‘यो अधिवेशनमा जिल्लामा कसरी, कुन प्रोजेक्टमा लगानी भित्र्याउन सकिन्छ छलफल गर्दै छौं । सामुदायिक वन विकासले हुर्केका रुखहरु व्यवस्थापन गर्ने गरी एउटा उद्योगको छलफल अघि बढेको छ ।’

प्रकाशित : आश्विन २६, २०८० १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?