कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहार आरोपमा एक पक्राउ

दीपक परियार

पोखरा — आफ्नै बहिनी (फुपूको छोरी) लाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक बालक आइतबार पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भइ बालकलाई बाल निगरानी कक्षमा राखिएको छ ।

बालिकाले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । पारिवारिक समस्यापछि आफू डिप्रेसनमा जाँदा चिकित्सकले केही दिन शान्त ठाउँमा बस्न सुझाव दिएको उनले उल्लेख गरेकी छन् ।

त्यस क्रममा आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको उनको आरोप छ । उक्त कुरा मामा-माइजुलाई भन्दा उल्टै आफ्नै आमालाई गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताएकी छन् । त्यसैकारण आफूले नाडी काटेको र आत्महत्याको सोचसमेत आएको भन्दै उनले टिकटकमार्फत सहयोगको याचना गरेकी थिइन् ।

सामाजिक सञ्जालमा उनलाई न्याय दिनुपर्ने आवाज उठेपछि प्रहरीले खोजी गरेको थियो । बालिका र उनको अभिभावकसँग प्रहरीले सम्पर्क गरेपछि जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । अदालतबाट म्याद थप भइ अनुसन्धान कार्य अगाडि बढाएको उनले सुनाए ।

प्रकाशित : चैत्र ५, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?