कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ५ घण्टा बन्द हुने

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने रुप्सेछहरा र काप्रेभीर क्षेत्रमा सडक विस्तार, पहिरो नियन्त्रण तथा बेलिब्रिजको फाउन्डेसन खन्न चैत ३ देखि १४ गतेसम्म दैनिक ५ घण्टा यातायात बन्द गर्नेगरी समय तालिका (टाइम कार्ड) लागू हुने भएको छ । 

तीन वर्षअघि रुप्सेछहरामा आएको बाढीले मोटरेबल पुल बगाएकाले उक्त स्थानमा बेलिब्रिज राख्न फाउन्डेसन खन्नुपर्ने र पहिरो नियन्त्रणको काम गर्न तथा काप्रेभीरमा सडक ढलानको काम भइरहेको र यातायात सञ्चालन गर्न वैकल्पिक मार्ग (डाइभर्सन) दिन नसकिने साँघुरो भएकाले समय तालिकाअनुसार काम गर्न थालिएको हो ।

बेनी–जोमसोम–कोरोला सडक आयोजनाका अनुसार सो खण्डमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म यातायात अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना प्रकाशन गरेको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?