२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

काभ्रे प्रहरीद्वारा ज्येष्ठ नागरिकलाई सम्मान 

काभ्रे — जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले २९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवसको पूर्वसन्ध्यामा शुक्रबार काभ्रे प्रहरीले जिल्लामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साथै जेष्ठ नागरिकहरुमाथि हुने दुर्व्यवहारबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

काभ्रे प्रहरीद्वारा ज्येष्ठ नागरिकलाई सम्मान 

ज्येष्ठ नागरिकहरु कसरी दुर्व्यवहारमा पर्छन्, दुर्व्यवहार भएमा के गर्ने, कसरी उजुरी दिने लगायतका विषयमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन् । उनले ज्येष्ठ नागरिकहरुलाई प्रहरीले सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

कार्यक्रममा जिल्लास्थित २९ जना ज्येष्ठ नागरिकलाई टीका तथा खादा लगाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

हरेक वर्ष जुन १५ तारिखमा विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाइने गरिन्छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x