कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

पाँच जनालाई 'थाहा सेवा पदक'

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ जनालाई थाहा सेवा पदकबाट सम्मान गरेको छ । 

पाँच जनालाई 'थाहा सेवा पदक'

थाहाको दसौं स्थापना दिवसको अवसरमा बुधबार एक समारोहबीच 'थाहा सेवा पदक'बाट ५ जनालाई सम्मान गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त नगरपालिकाका मेयर विष्णु विष्टले नपाका पूर्वमेयर लवसेर विष्ट र पूर्वउपमेयर खड्गबहादुर गोपालीलाई थाहा सेवा पदक प्रदान गरेका थिए । थाहा आर्थिक समृद्धि पदकबाट अर्जुनसिंह ठकुरी, पर्यटन उद्यमी श्याम विष्ट र थाहा संस्कृति तारा पदक टीकालाल कर्माचार्यलाई सम्मान गरिएको थियो ।

दामन, पालुङ, आग्रा, टिष्टुङ, बज्रबराही र चित्लाङसमेत ६ गाविस समेटेर सरकारले २०७१ वैशाख २५ गते थाहा नगरपालिका घोषणा गरेको थियो । ०७१ जेठ ९ गते नगरपालिकाको कार्यालय स्थापना गरेर काम थालनी गरिएको थियो ।

स्व . रुपचन्द्र विष्ट (थाहा)को योगदानलाई चिरस्थायी बनाउन भन्दै थाहा नगरपालिका नामाकरण गरिएको हो । ‘थाहा’ भनेर चिनिने स्व. विष्ट साविकको दामन गाविस-२ का हुन् । थाहा नगरपालिकामा ९ हजार ७ सय २५ घरधुरी रहेका छन् । १२ वटा वडामा विभाजित उक्त नगरपालिकामा ३८ हजार ८ सय ७० जनसंख्या रहेको छ ।


प्रकाशित : जेष्ठ ९, २०८१ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?