२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काभ्रे — काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार साँझ पनौती नगरपालिका-५ स्थित नर्सरी चोकमा बा ८३ प ५३६२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका पनौती नगरपालिका-६ का १९ वर्षीय सन्तोष रानामगरको उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो । 

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रहरीले बा ८३ प ५३६२ नम्बरको मोटरसाइकलका चालक पनौती नगरपालिका-८ का ३५ वर्षीय दिपेन्द्र बञ्जारालाई पक्राउ गरेको छ ।

बञ्जारालाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । मंगलबार साँझ बनेपाबाट पनौतीतर्फ जाँदै गरेका बञ्जारा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका थिए ।


प्रकाशित : जेष्ठ ९, २०८१ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x