कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

वाग्मतीमा पुन: सरकार विस्तार, नेकपा एसकी रमा आले मगर बनिन् मन्त्री

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा मंगलबार बिहान पुनः सरकार विस्तार गरिएको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनले प्रदेश प्रमुख यादव शर्माबाट विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

वाग्मतीमा पुन: सरकार विस्तार, नेकपा एसकी रमा आले मगर बनिन् मन्त्री

आलेलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय जनाएको छ । समाजवादीले उनलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार प्रदेशसभा बैठकमा आलेलाई नजान भनेको थियो । आलेलाई मन्त्री बनाउने आश्वासनपछि मात्रै उनी प्रदेशसभामा पुगेकी थिइन् ।

उनकै कारण १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ४ बजेका लागि सरेको थियो । उनी बैठकमा सहभागी भएसँगै मुख्यमन्त्रीले ५६ प्रदेशसभा सदस्यको मत पाएर सरकार जोगिएको थियो ।

प्रकाशित : चैत्र २०, २०८० ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?