कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकमा यातायात सञ्चालन

रमेशकुमार पौडेल

चितवन — सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकमा यातायात सञ्चालन सुरु भएको छ । सोमबार दिउँसोदेखि अवरुद्ध यातायात पहिरो पन्छाएर सुरु गरिएको हो । 

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकमा यातायात सञ्चालन

सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको थियो।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो। पहिरोले गर्दा दुईतर्फी न‌ै बाटो अवरूद्ध भएको थियो । डिभिजन सडक कार्यालयसँग समन्वय गरी बाटो खुलाइएको हो ।

प्रकाशित : जेष्ठ ८, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?