२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

रामराजा प्रतिष्ठानको अध्यक्षमा डा. पशुपति चौधरी

अवधेशकुमार झा

राजविराज — सरकारले सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान पव्रतिष्ठान पुर्वाधार तयारी विकास समितिको रिक्त अध्यक्ष पदमा प्राध्यापक डाक्टर पशुपति चौधरीलाई बिहीबार नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सप्तरी निवासी डा. चौधरीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

रामराजा प्रतिष्ठानको अध्यक्षमा डा. पशुपति चौधरी

यस्तै प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिको सदस्य पदमा सिरहा निवासी बिरेन्द्रप्रसाद यादबलाई नियुक्त गर्ने मन्त्री परिषद्ले निर्णय गरेको छ ।

अघिल्लो सरकारले प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिति गठन आदेश विपरित महोत्तरीका प्राध्यापक डा. परसुराम मिश्रलाई प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरेको थियो । गठन आदेशमा ६५ वर्षको समय सिमा तोकिएकोमा ६७ वर्षिय डा. मिश्रलाई नियुक्ति गरिएपछि नियुक्ति विवादमा परेको थियो ।

नियुक्ति विवादमा परेपछि डा. मिश्रले राजीनामा दिएका थिए । डा. मिश्रले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिका तत्कालीन अध्यक्ष डा. रोहित पोखरेल प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्दा २०७९ असोज २३ गते राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो ।

त्यसपछि नियुक्त गरिएका डा. मिश्रले पनि राजीनामा दिएपछि प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिति फेरि पदाधिकारीविहीन भएको थियो ।२०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।

०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिगहा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठानको ०७८ असार २२ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेका थिए ।

कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको जग्गामा अहिले घेराबेराबाहेक केही काम भएको छैन । पदाधिकारी नहुँदा प्रतिष्ठानको जग्गा अतिक्रमण गर्ने क्रम पनि बढेको छ ।

प्रकाशित : चैत्र २२, २०८० १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?