२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

शारदा डिस्टिलरीले राजस्व छली गरेको पुष्टि 

सञ्चालक प्रमोद गोयन्का दुई करोड ३८ लाख ५१ हजार धरौटीमा रिहा
अवधेशकुमार झा

राजविराज — राजश्व छलीको आरोपमा पक्राउ परेका सिरहाको गोलबजारस्थित शारदा डिस्टिलरी प्रालिका सञ्चालक प्रमोद गोयन्का दुई करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ धरौटीमा मंगलबार तारेखमा रिहा भएका छन् । 

शारदा डिस्टिलरीले राजस्व छली गरेको पुष्टि 

अन्त:शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा बनाई मदिरा बोतलमा लगाउँदै शारदा डिस्टिलरीले राजश्व छली गर्दै आएको थियो ।

गत चैत ३ गते शारदा डिस्टिलरी प्रालिबाट लोड भई सिरहाको माडरस्थित आशिष जनरल स्टोरमा भण्डारण गरिएको मदिरा बोतलमा अन्त:शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी लगाइएको पाइएपछि आन्तरिक राजस्व कार्यालयले शारदा डिस्टिलरी र आशिष जनरल स्टोरमा सिल गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

राजस्व कार्यालयले दुई टुक्रा पारी लगाइएको मदिराको बोतलहरू नियन्त्रणमा लिँदै आशिष जनरल स्टोरका संचालक ललन कुमार यादव र शारदा डिस्टिलरीका प्रतिनिधि लोकबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा राजस्व कार्यालयले शारदा डिस्टिलरी प्रालिका मुख्य संचालक प्रमोद गोयन्कालाई नियन्त्रणमा लिएको थियो । आन्तरिक राजस्व कार्यालय लहानमा प्रमुख पुन्य रिजालका अनुसार शारदा डिस्टिलरीले अन्त: शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी राजस्व छली गरेको पुष्टि भएको छ ।

कार्यालयले गोयन्कामाथि दुई करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरेको थियो । विगो बमोजिमको रकम धरौटी बुझाइ डिस्टलिरीका संचालक गोयन्का मंगलबार तारेखमा रिहा भएको राजस्व कार्यालय प्रमुख रिजालले बताए।

प्रकाशित : चैत्र २०, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?