१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

राजविराजको एक टेलर्समा आगलागी

राजविराज — सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार आगलागी भएको  छ । 

आगलागीबाट टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिलाउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : चैत्र ३, २०८० २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?