प्रहरीले १ सय ७५ किलो गाँजा बोकेको गाडी नियन्त्रणमा लिएको छ । मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिमराजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित सशस्त्र प्रहरीको चेक प्वइन्टमा शंका लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीको कन्चनरुप नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल निर्वाचित भएका हुन् ।
सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ५ हजार ३९२ मत प्राप्त गरी जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपेन्द्र चौधरीले ४ हजार १ सय ४३ मत प्राप्त गरे ।
सप्तरी जिल्लाको महादेवा गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सुनिलकुमार मण्डल निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव निर्वाचित भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणले सप्तरी मात्र नभई प्रदेश र देशका साथसाथै सीमावर्ती भारतीय जनताले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । ‘प्रतिनिधिसभा पुन:स्थापनाको फैसला भए आन्दोलन गर्छु भनेर प्रधानमन्त्री भनिरहेका छन्’, पौडेलले भने, ‘यसरी अदालतलाई धम्क्याउनु आपत्तिजनक छ,’ पौडेलले भने,‘म सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्छु प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्, हेरौं कस्तो आन्दोलन गर्नुहुन्छ ?’