राजविराज — हुलाकी राजमार्गअन्तर्गत सप्तरीको मलेकपुरमा शनिबार दिउँसो ट्याक्टरको पछाडिको भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।
मृत्यु भएका दुवै जनाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
पत्थरगाढाबाट राजविराजतर्फ आउँदै गरेको इँटा लोड भएको स१ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको मप्र०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको हो ।
मोटरसाइकलमा सवार तत्काल नाम, थर, वतन नखुलेका तीन जना घाइते भएकामा गम्भीर अवस्थामा उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याइएको थियो ।
तीन जना घाइतेमध्ये २६–२७ वर्षीय एक जनाको अस्पताल ल्याउँदै गर्दा र अर्का २२–२३ वर्षीय युवाको अस्पताल ल्याएपछि मृत्यु भएको एसपी खतिवडाले बताएका छन् ।
अर्का एक घाइतेको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
