ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुवैजनाको सनाखत

जेष्ठ १०, २०८२

अबधेशकुमार झा

The identity of the two people who died when the motorcycle collided with the tractor

राजविराज — सप्तरीको मलेकपुरमा शनिबार दिउँसो ट्र्याक्टरको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुईजना र घाइतेको परिचय खुलेको छ । 

सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार घटनामा मृत्यु हुनेहरुमा विष्णुपुर गाउँपालिका-१ जमुनि मध्यपुराका १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डल रहेका छन् । उनीहरुको शव गजेन्द्रनारायाण सिंह अस्पताल राजविराज सप्तरीको शव गृहमा राखिएको छ । घटनामा सोही स्थानका १८ वर्षीय धनञ्जय यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

पत्थरगाढाबाट राजविराजतर्फ आउँदै गरेको इट्टा लोड भएको स १ त ५४४२ नं. को ट्र्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०२-०१९ प ९६२६ नं. को मोटरसाइकल ट्र्याक्टरको पछाडिको भागमा ठोकिँदा दुईजनाको मृत्यु भएको हो ।

अबधेशकुमार

Link copied successfully