१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चारवटा आईफोन मोबाइलसहित युवक पक्राउ

अबधेशकुमार झा

राजविराज — सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको चारवटा आईफोन मोबाइलसहित एक युवकलाई आइतबार पक्राउ गरेको छ ।

चारवटा आईफोन मोबाइलसहित युवक पक्राउ

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बेल्ही सप्तरीबाट खटिएको टोलीले बलानबिहुल गाउँपालिका-४ स्थित नेपाल-भारत सिमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको सुरुङा नगरपालिका-५का १९ वर्षीय उमर फारुक आलम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रदेश १०५-००१प ६५६१ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट आउँदै गरेका आलमलाई जाँच गर्दा उनको साथबाट विभिन्न मोडेलका ४ थान आइफोन र एक थान सामसुङ मोबाइल बरामद भएको छ । पक्राउ परेका आलमलाई मोबाइल, मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?