१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

झुन्डिएर कैदीको मृत्यु

अबधेशकुमार झा

राजविराज — सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आइतबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्  ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत फेला परेका हुन् ।

कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।


प्रकाशित : माघ २८, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?