१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

लहानको 'नेपाल साइकल स्टोर'मा आगलागी

अवधेश झा

राजविराज — सिरहाको लहानस्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी भएको छ । लहान-३ स्थित नेपाल साइकल स्टोरमा दिउँसो पौने १ बजे आगलागी भएको थियो ।

लहानको 'नेपाल साइकल स्टोर'मा आगलागी

आगलागीमा साइकल सहित विभिन्न सवारी साधनका पाटपुर्जा जल्दा ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बारुणयन्त्र,स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको पूर्ण विवरण संकलन भइरहेकै प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०८० १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?