कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पर्सा प्रहरीद्वारा ८ लाख रुपैयाँ बराबरको पटाका नष्ट

भूषण यादव

वीरगन्ज — जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार ८ लाख रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ । 

पर्सा प्रहरीद्वारा ८ लाख रुपैयाँ बराबरको पटाका नष्ट

सीमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरी लुकाइछुपाई वीरगन्ज ल्याउने क्रममा विभिन्न मितिमा प्रहरीले आतिसबाजी तथा पटाकाजन्य वस्तुहरु बरामद गरेको थियो । प्रहरी उपरीक्षक कोमल शाहका अनुसार चाडपर्व सुरक्षा योजनाअनुरुप खटिएका प्रहरी टोलीले उक्त पटाका बरामद गरेको हो ।

जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा प्रहरी परिसरमा रहेको खाली ठाउँमा खाल्डो खनी उक्त आतिसबाजी तथा पटाका नष्ट गरिएको थियो ।


प्रकाशित : कार्तिक २४, २०८० २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?