वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आरोपमा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

सर्लाहीको हरिवन नगरपालिका–११ का ४० वर्षीय मिनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले जिल्लाका विभिन्न स्थानका १३ जनालाई विभिन्न देशमा पठाइदिने भनेर ८७ लाख नगद उठाएका छन् । कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा ठगी, साइबर क्राइम तथा बैंकिङ कसुर आरोप लागेको १२ जनालाई काठमाडौं पठाइसकिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रकाशित : भाद्र २१, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?