१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

प्रदेश सांसद अनिरुद्धकुमार सिंह पुर्पक्षका लागि कारागार चलान

अवधेश झा

राजविराज — १६ वर्षअघिको कर्तव्य ज्यान मुद्दामा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ ।

प्रदेश सांसद अनिरुद्धकुमार सिंह पुर्पक्षका लागि कारागार चलान

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपित हुन् ।

१६ वर्षदेखि मुल्तवीमा रहेको मुद्दामा सोमबार प्रहरीले राजविराजबाट उनलाई नियन्त्रणमा लिएको थियो । मंगलबार भएको थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

प्रकाशित : भाद्र १९, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?