कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीको जनता माविमा आन्दोलित २० विद्यार्थी पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — शिक्षक अभाव भएर पढ्न नपाएको भन्दै प्रदर्शनमा उत्रिएका चन्द्रनगर गाउँपालिका–२ बबरगंजस्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनले उग्र रुप लिएको भन्दै प्रहरीले २० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।विद्यालयमा शिक्षक अभावले पढ्न नपाएको भन्दै विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै ढुंगामुढा समेत गरेका थिए ।

आक्रोशित विद्यार्थीहरुले गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमा ढुंगामुढासहित घर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । विद्यार्थीको प्रदर्शन उग्र बन्न थालेपछि २० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

अगामी भदौमा परीक्षा संचालन हुने भए पनि अहिलेसम्म शिक्षक अभावका कारण पढ्न नपाएको विद्यार्थीहरुको गुनासो छ । उनीहरुले आइतबार पनि शिक्षकको माग गर्दै कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

गाउँपालिका अध्यक्ष महतोले सीटीईभीटीका लागि शिक्षक नपाउने तथा गाउँपालिकाबाट स्वयंसेवक शिक्षक समेत राख्नलाई विज्ञापन समेत गरेकोमा उपाध्यक्षसहित बहुमत सदस्यको विरोधका कारण शिक्षक व्यवस्थापन हुन नसकेको आरोप लगाए ।

प्रकाशित : जेष्ठ २२, २०८० २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?