जिल्लाको पहिचान र परिचयका लागि विविधता झल्काउँदै बर्दिबास महोत्सव

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिबासमा चैत ३ गतेदेखि सुरु भएको चौथो बर्दिवास महोत्सव १३ गतेसम्म चल्नेछ । आर्थिक गतिविधि बढाई व्यापार घाटा कम गराउने र पर्यटन प्रर्वद्धन गरी बर्दिबासको परिचय विस्तार गर्दै समृद्ध बर्दिबास बनाउने लक्ष्यसहित बर्दिबास महोत्सव आयोजना गरिएको आयोजक संस्था बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरीले जनाएको छ । 

गएका वर्षभन्दा केहि फरक र मौलिकपन महोत्सवमा ल्याउने अठोटसहित लगातार टिमले गरेको मेहेनतपछि महोत्सवले राम्रो सन्देश दिएको प्रतिक्रिाया पाइरहेको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले बताए । खड्काका अनुसार महोत्सव दैनिक ५ हजारभन्दा बढीले मानिसले अवलोकन गरिरहेका छन् । बर्दिबासको पहिचान र परिचय दिँदै यस ठाउँको समृद्धि नै महोत्सवको लक्ष्य भएकाले महोत्सव गर्दा कसरी बर्दिबासलाई चिनाउन सकिन्छ भनेर त्यसै अनुरुप काम गरेको अध्यक्ष खड्काले बताए ।

महोत्सवको मुख्य गेटबाट प्रवेश गर्नासाथ बर्दिबासका पर्यटकीय गन्तव्य र सम्भावित पर्यटकीय स्थलहरू खोजी गर्दै सम्भावना र अवसर देखाउने भिडियो डकुमेन्ट्री र फोटा प्रदर्शनस्थल रहेको बर्दिबास उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल व्यवस्थापन समिति संयोजक सन्तोष सिग्देलले जानकारी दिए । त्यस्तै बर्दिबासमा हुने स्थानीय उत्पादन, बर्दिबासको वेशभूषा र संस्कृति झल्किीने नमुना स्टलहरू, बर्दिबासको शान मानिने शैक्षिक संस्था निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमारा, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान बर्दिबास, निजी तथा आवसीय विद्यालयलगायत शैक्षिक स्टल, पुस्तौली पेसा अपनाएर महोत्सवमै माटाका भाँडा बनाउँदै गरेका कुमाले, नमुना खेतीबाट भएको उब्जाउ, धार्मिक स्टल, मिथिला चित्रकला र चित्रकलाले सु–सजित लत्ताकपडा, दूध डेरीका उत्पादन, आमा समूहले बनाएका फुर्केधागा, अचारलगायत उत्पादनहरू फरकफरक स्टलमा प्रर्दशनमा छन् ।

बर्दिबासमा राखिएका सामग्रीले बर्दिबासको विविधता झल्किएको महोत्सव अवलोकनकर्ताले बताएका छन् । मुख्य गेटबाट प्रवेश गरेपछि बर्दिबासलाई महोत्सवस्थलबाटै चिन्न सकिनेगरी उद्योग वाणिज्य संघले गरेको मेहनत सह्रानीय रहेको वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए । महोत्सव गर्ने शैलीमा फरकपन र मौलिकपन बर्दिबासमा देखेपछि महोत्सवको निकै ठूलो महत्त्व हुने रहेछ भन्ने अनुभव गरेको टेमानीले बताए ।

महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरूको दैनिक रुपमा प्रस्तुति रहने गरेको छ । मनोरञ्जनका लागि रोटेपिङ, सरकस, बाध उद्यान पनि महोत्सवस्थलमा छ । स्थानीय उत्पादनका प्रदर्शनीबाहेक महोत्सवमा १ सय ७० वटा व्यापारिक स्टल रहेको आयोजक समितिले जनाएको छ ।

कला र संस्कृतिको जगेर्ना गर्दै महोत्वसलाई आकर्षक बनाउन बर्दिबासका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न वेशभूषामा सजिएर विभिन्न भाषाका गीत संगीतमा नृत्य पनि गर्दै आएका आयोजक समितिका कलाकार संयोजक विनोद खड्काले जानकारी दिए ।

महोत्सव १ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथा जलविद्युत्‌को आईपीओ खुल्यो, कस्तो छ कम्पनी ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वसाधारणका लागि बुधबारदेखि सगरमाथा जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । अंकित मूल्य १ सयका दरले कम्पनीको कुल ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला भएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई आईफीओ बिक्री गरिसकेको छ ।

एक सूचना सार्वजनिक गर्दै बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ खुला भएको जानकारी दिएको हो । कम्पनीको आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर एप तथा वेबसाइटबाट आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कस्तो छ कम्पनी ?, यस कम्पनीले ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिसकिएको कम्पनीले जनाएको छ । ब्याजसहित आयोजनाको कुल लागत प्रतिमेगावाट १९ करोड ८४ लाख रुपैयाँ छ । लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष छ । कम्पनीलाई इक्रा नेपालले ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । इक्राले डीसम्ममको रेटिङ प्रदान गर्दछ, जसमा ट्रिपल ए सबैभन्दा राम्रो मानिन्छ । असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ५ करोड २१ लाख बराबर छ ।


प्रकाशित : चैत्र ८, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×