२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

पहिचानपक्षधरको बन्दले खोटाङमा यातायात ठप्प

डम्बरसिंह राई

खोटाङ — पहिचानपक्षधरले आह्वान गरेको बन्दका कारण खोटाङमा शनिबार बिहानैदेखि यातायात ठप्प  भएको छ । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा अवरोधका क्रममा पक्राउ परेकालाई निसर्त रिहाको माग गर्दै पहिचानपक्षधरले सडकमा प्रदर्शन गरेका हुन् ।

पहिचानपक्षधरको बन्दले खोटाङमा यातायात ठप्प

प्रदेश १ पुनःनामांकन संघर्ष समितिले बन्दको आह्वान गरेपछि यातायात ठप्प भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसीलगायतका क्षेत्रमा बन्दकर्ता कसेर यातायात बन्द गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने प्रहरीको निगरानीमा यातायात सञ्चालन गरिरहेको बताएका छन् । खोटाङबाट पूर्वसंस्कृतिमन्त्री गोपाल किरातीलगायत पााच जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

प्रकाशित : मंसिर ३०, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?