कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३३

'गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन दबाब’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नाम हटाएर पहिलाकै भैरहवा विमानस्थल नामकरण गरिदेऊ सरकार । एउटा मान्छे पनि नभेट्टिने कस्तो अन्तर्राष्ट्रिय विमानस्थल ?
– दिलीप थापा

'बिनाअध्ययन र आवश्यकता सरकारले गरेका बतासे विकासका अवधारणा र त्यसका पछाडि लाग्दा निम्तिएको संकटको परिणाम हो । अब यसबाट तत्काल संकटमुक्त हुन मुस्किलै छ ।
– राजेन्द्रकुमार पौडेल

भारतले दिए पनि त्यही तस्करको सुन छिराउने नेपाली नेता छन्, किन चाहियो देशको अन्तर्राष्ट्रिय बेइज्जत गराउन ?
– कमल शर्मा आचार्य

पर्यटन व्यवसायी र लगानीकर्ताले नै त्यहाँबाट पटकपटक यात्रा गरे मात्रै । नत्र यहाँको परिपाटी यस्तै हो ।
– तेजेन्द्र लम्साल

जबर्जस्ती ल्यान्ड गर भन्ने हो र ? भएको एअरपोर्टलाई व्यवस्थित गरेर चलाउन छाडेर ऋण थोपरेको छ, सुन भित्र्याउन सजिलो हुने एउटा अड्डा बन्नेछ यो पनि ।
– विनोद कोइच

जानी–जानी बतासे अन्डा कोरल्ने अनि चल्ला निस्केन भन्ने ?
– रुपेश मगर

प्रकाशित : मंसिर २८, २०८० १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?