कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माणमा नयाँ प्रविधि अपनाऔं

पाठक पत्र

चालु आर्थिक वर्षको बजेट र बजेट कार्यान्वयन नीतिले, सडक निर्माण गर्दा ढलान प्रविधि अपनाउनुपर्ने बाध्यात्मक सरकारी नीति स्वागतयोग्य छ ।

देश सिमेन्टमा आत्मनिर्भर भइसकेको अवस्थामा, यस प्रविधिले सिमेन्टको आन्तरिक खपत बढाउनुका साथै सिमेन्ट उद्योगलाई स्थायित्वसमेत दिलाउनेछ ।

ढलान प्रविधिबाट सडक निर्माण हुँदा, बिटुमिनको प्रयोगबाट हुने वातावरण प्रदूषणबाट मुक्ति मिल्नुका साथै, रोजगारीमा समेत वृद्धि हुनेछ । यो प्रविधिबाट सडक निर्माण गरिए हाल बिटुमिन खरिदमा बाहिरिने अर्बौं विदेशी मुद्राको समेत बचत हुनेछ ।

ढलान प्रविधि ३० देखि ३५ प्रतिशतले महँगो भए पनि यो प्रविधि टिकाउ हुन्छ । यस प्रविधिबाट निर्मित सडक बीस–पच्चीस वर्षसम्म चल्ने हुँदा बर्सेनि हुने मर्मत–सम्भार खर्च पनि बचत हुनेछ ।

तर यस्तो प्रविधिबाट निर्माण गरिने सडकका लागि निश्चित मापदण्ड निर्माण गर्नु पनि जरुरी रहेको छ । यसका साथै निर्माणकार्यका लागि हाल चलनचल्तीको ठेक्का प्रणालीमा समेत सुधार गर्नु पनि त्यत्तिकै जरुरी छ ।

हाल आयोजनाको अनुमानित लागतभन्दा निकै घटीमा ठेक्का हात पार्ने चलनले गुणस्तरीय ढलान सडकको निर्माण ठेकेदारले गर्नेछैन । मापदण्डभन्दा तल गई, कमसल छड र सिमेन्टको प्रयोगबाट निर्मित सडक दिगो र गुणस्तरीय हुन सक्दैन ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : जेष्ठ २४, २०८० ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?