कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिले दोषी नछुटाऊन्

पाठक पत्र

टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई सत्ता गणितका लागि राष्ट्रपतिबाट आममाफी दिन लगाउने सत्तारूढ दलको निर्णयले विधिको शासनको खिल्ली उडाएको छ ।

हिजो वरिष्ठ प्रहरी निरीक्षक लगायत आठ जना प्रहरीलाई लखेटीलखेटी भाला रोपेर निर्मम हत्या गरेको पुष्टि भएको थियो । त्यस्तै द्वन्द्वकालमा अर्को हत्या अभियोगमा आरोपित बालकृष्ण ढुंगेललाई अदालतले हत्या आरोपमा सजाय दिएको थियो तर राष्ट्रपतिबाट आममाफी भएको थियो । सरकारमा बसेकाहरूको यो रबैयाले न्यायाधीश र न्यायालयको गरिमामाथिको ठूलो प्रहार हो । यो मामिलामा राष्ट्रपतिज्यूले पनि गम्भीरतापूर्वक सोच्नुहोला । हिजो सत्ताको आडमा बस्दा जिउँदै आम नागरिकलाई भट्टामा हालेर जलाउने अफताब आलमलाई पनि हिजो आममाफी दिन नखोजेको होइन । अबका दिनमा राष्ट्रपतिले राजनीतिक दबाबमा परी दोषीलाई छुट्ने मौका नदिनुहोला । सर्वोच्च अदालतको गरिमालाई उच्च राख्न ऐतिहासिक कदम चाल्नुहुनेछ भन्ने आम नागरिकको आशा छ । मेरो प्रश्न छ– सरकारले पनि आरोप पुष्टि भै सजाय भुक्तान गरिरहेका कैदीलाई छुट्टाउनु कतिसम्मको जायज हो ?
रामेश्वर बासी, चाँगुनारायण नपा–९, भक्तपुर

प्रकाशित : जेष्ठ १४, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?