विचार गरी खाऊँ


कोदो, मकै, मोही, भटमास खाने चलन गयो
टोलटोलमा कोक, फ्यान्टा, चाउचाउ, बिस्कुट आयो
ढिँडो, रोटी पाक्न छाड्यो चामल भयो राजा
चना चटपट, पानीपुरी, कुरमुरे भो खाजा
खानपानको शैली भित्र आयो भन्छन् विकास
यो विकासले हाम्रो ज्यानलाई गर्ने भयो विनाश
पहिला पहिला दुःख थियो खाना नपुगेर
हिजो आज दुःख भयो खान नजानेर
कस्तो खाने कति खाने ? विचार गरी खाऊँ
जीवन हाम्रो सम्पत्ति हो रोगी नबनाऊँ ।
–कृष्ण कुम्पुरे, आदमटार, धादिङ