कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

चालु खर्च मुलुकले धान्न नसक्ने गरी बृद्धि भयो : सांसद घिमिरे

काठमाडौँ — नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सार्वजनिक ऋणले मुलुकको वित्तीय अवस्था कमजोर बन्दै गएको बताएका छन् ।

चालु खर्च मुलुकले धान्न नसक्ने गरी बृद्धि भयो : सांसद घिमिरे

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले चालु खर्च मुलुकले धान्न नसक्ने गरी अत्याधिक रुप वृद्धि भएको बताएका हुन् ।

यही रुपमा चालु खर्च बृद्धि हुँदै जाँदा आगामी पाँच वर्षमा मुलुक आर्थिक रूपमा कमजोर बन्ने सांसद घिमिरेको भनाइ थियो । उनले सार्वजनिक वित्तीय खर्च बढेर २४ खर्ब सार्वजनिक ऋण पुगेको अवस्थामा पनि आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने गरी सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ पुर्‍याउन लागिएको बताए ।

‘चालु खर्च अत्याधिक बढेर गएको छ । मुलुकले धान्न सक्दैन । पाँच वर्ष भन्दा बढी यो मुलुक चल्दैन । सार्वजनिक वित्तीय खर्च अत्याधिक बढेको छ । २४ खर्ब सार्वजनिक ऋण पुगेको छ । आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने कुरा गर्नु भएको छ । यसरी नै ऋण थपिँदा ३० खर्ब रुपैया ऋण पुग्छ,' सांसद घिमिरेले भने, 'सावा-ब्याज भुक्तानी लगायतका वित्तीय व्यवस्थापन बढ्छ । त्यो आधारमा खर्च थपिदै जाँदा पाँच वर्ष भन्दा बढी मुलुक कसरी चलाउन सक्छौं ? यसले मुलुक ध्वस्त हुने बाटोतिर अग्रसरता बढाउँदैछ ।'

सांसद घिमिरेले रणनीतिक सडकमा एक वर्ष बजेट दिने अर्को वर्ष बजेट कट्टा गरी सडक पूर्ण नगर्ने प्रवृत्ति राम्रो नभएको बताए । उनले त्यस्तो गर्नु भ्रष्टाचार भएको बताए ।

सिन्धुलीको कमला नदी नियन्त्रणको नाममा राज्यको धन खेर गरिरहेको सांसद घिमिरेको भनाइ थियो । नदी नियन्त्रणको लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसक्ने भन्दै नदी नियन्त्रण कार्यालय खारेज गर्न पनि उनले सुझाव दिए । उनले कमला नदी नियन्त्रण कार्यालय र कर्मचारी राखेर राज्यको पैसा दुरुपयोग गर्ने काम बाहेक अरु केही नदेखिएको दाबी गरे ।

प्रकाशित : असार २, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x