कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

नक्कली भुटानी शरणार्थी प्रकरण : मियाँ साधारण तारेखमा, चौधरी र शेर्पासँग मागियो धरौटी

काठमाडौँ — नक्कली भुटानी शरणार्थी मुद्दामा उच्च अदालत पाटनको आदेशमा थुनामा रहेका एक जनालाई साधारण तारेखमा छोड्न र दुई जनाबाट धरौटी लिएर छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : मियाँ साधारण तारेखमा, चौधरी र शेर्पासँग मागियो धरौटी

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाहरूको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले बिहीबार शमशेर मियाँलाई साधारण तारेखमा छोड्न आदेश गरेको छ । उक्त मुद्दामा थुनामा रहेका गोबिन्दकुमार चौधरी र आङटावा शेर्पाबाट भने धरौटी माग गरिएको छ ।

सर्वोच्चको आदेशमा शमशेर मियाँलाई कसैले रकम दिएको भनेर बयानका क्रममा नभनेको, अधिकार प्राप्त अधिकारी र सुरु अदालत समक्ष कसूरमा इन्कार रही बयान गरेको, कुनै पनि सहप्रतिवादीले निजलाई पोल गरेको पनि नदेखिएको भन्दै साधारण तारेखमा छोड्न भनिएको छ । 'प्रस्तुत मुद्दामा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी निज प्रतिवादी शमशेर मियाँलाई साधारण तारेखमा राखी मुद्दाको पूर्पक्ष गर्नू,' सर्वोच्चको आदेशमा भनिएको छ ।

गोविन्दकुमार चौधरीबाट सर्वोच्च अदालतले १० लाख धरौटी माग गरेको छ । उनले जमानत बुझाए छोड्न आदेश भएको हो । नक्कली भुटानी शरणार्थी मुद्दाका अभियुक्त आङटावा शेर्पाबाट ३० लाख रुपैयाँ जमानत लिएर छोड्न सर्वोच्चले आदेश जारी गरेको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?