२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

मधेश प्रदेशसभामा तोडफोडमा उत्रिए सांसद

अजित तिवारी

जनकपुर — मधेश प्रदेशसभाका सांसदहरू तोडफोडमा उत्रिएका छन् । मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बैठक चलिरहँदा जनमत पार्टी र कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका हुन् ।

मधेश प्रदेशसभामा तोडफोडमा उत्रिए सांसद

सांसदहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका छन् । घटनापछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै जनमतका सांसदहरू विरोधमा उत्रिएका हुन् ।

यसअघि मंगलबार दिउँसो जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रकाशित : वैशाख ४, २०८१ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?