कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वास्थ्य क्षेत्रलाई सरकारले व्यवस्थित सकेन : सांसद ढुंगाना

काठमाडौँ — नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताएका छन् । स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेपनि सरकारले सो अनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

स्वास्थ्य क्षेत्रलाई सरकारले व्यवस्थित सकेन : सांसद ढुंगाना

शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गरिव जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद ढुंगानाले सरकारी अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावका कारण कामै गर्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार गम्भीर नभएको जिकिर गरे ।

‘आज संविधान जारी भएको ८ वर्ष भइसक्यो । तर सरकारले संविधानमा लेखिएबमोजिम स्वास्थ्य र शिक्षा क्षेत्रको व्यवस्थापन नै गर्न सकेन,' उनले भने, 'स्वास्थ्य र शिक्षालाई किन मौलिक अधिकारभित्र राखियो भने सरकारलाई बाध्य गराउन । तर सरकारले बाध्यकारी काम समेत व्यवस्थित गर्न सकेको अवस्था छैन ।'

उनले गरिब जनताको स्वास्थ्य बीमा सरकारले नै गरिदिने व्यवस्था गर्नुपर्ने माग गरे ।

'मैले तथ्यांक हेरेँ, ८० लाख स्वास्थ्य बीमा गराएका रहेछन्,' उनले भने, 'त्यसको नवीरकण गर्ने १७ प्रतिशत मात्रै रहेछन् । अब त्यो स्वास्थ्य बीमा कसले गराउँछ भन्दा अलि चेतना भएको मान्छेले गराउँछ । दूरदराजको त्यो दलित, जनजाति, त्यो मधेशी, त्यो महिला, जसले बीमा गराउनुपर्छ भन्ने कुरा समेत बुझेकै छैन । उसका लागि सरकारको सहयोग आवश्यक हो ।'

सांसद ढुंगानाले सबै पालिकामा सरकारी अस्पताल बनाउने कुरा घोषणा गरेपनि बजेट नभएका कारण अघि बढन नसकेको बताए ।

प्रकाशित : चैत्र ३०, २०८० १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?