कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सरकारको सिफारिस

काठमाडौँ — सरकारले अञ्जान शाक्यलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सरकारको सिफारिस

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदमा शाक्यलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

एमालेनिकट शाक्य यसअघि इजरायलका लागि पूर्वनेपाली राजदूत समेत हुन् । राष्ट्रिय सभामा ५९ सदस्यमध्ये निर्वाचनबाट ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ जना सदस्य हुने व्यवस्था छ । जसमध्ये यसअघि मनोनीत सदस्य बिमला राई पौड्यालको गत फागुन २० मा पदावधि सकिएपछि रिक्त स्थानमा सरकारले शाक्यलाई मनोनीत गर्न सिफारिस गरेको हो ।

त्यसबेला पदावधि सकिएका २० मध्ये १९ पदमा भने निर्वाचन भएको थियो ।

प्रकाशित : चैत्र ३०, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?