कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिन गृहमन्त्रीलाई कांग्रेसले रोक्न मिल्दैन : बर्तौला

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले) ले का प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएका छन् । उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसद्बाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बर्तौलाले बताए । 

आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिन गृहमन्त्रीलाई कांग्रेसले रोक्न मिल्दैन : बर्तौला

कांग्रेसले मंगलबार लामिछानेमाथि लागेको आरोप छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो । एमाले प्रमुख सचेतक बर्तौलाले संघीय संसद् भवनमा आरोपको जवाफ संसद्बाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने बताए ।

अरुको कुरा नसुन्ने कांग्रेसको अडान लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने जिकिर बर्तौलाको थियो । ‘भोलि त फेरि पनि बैठक छ । भोलिको बैठक पनि यहीँ अवस्था हुने खतरा छ । प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने गृहमन्त्रीले यत्रो देशमा डढेलो लागि रहेको छ । विभिन्न खालको शान्ति सुरक्षाको कुरा छ । कतिपय जिल्लाहरूमा कर्फ्युको अवस्था छ । त्यो बारेमा बताउन खोज्दाखेरी कम्तीमा पनि गृहमन्त्रीका बारेमा सुनौं,' बर्तौलाले भने, 'उहाँसँग लागेका प्रश्न छन भने त्यो पनि सुन्ने धैर्यता राखौं । लोकतन्त्र भनेको आफूले मात्रै कुरा सुनाउने होइन । आफूले कसैलाई आरोपित गरेको छ भने निज व्यक्तिहरूले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो ।’

एमाले प्रमुख सचेतक बर्तौलाले कांग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानुन निर्माण गर्नुपर्ने संसद् अवरुद्ध गरेर गल्ती गरेको बताए ।

प्रकाशित : चैत्र २७, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?