कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिइने

काठमाडौँ — सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ ।

वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिइने

शुक्रबार संसदमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राट्रपति रामचन्द्र पौडेलले आगामी २ वर्षभित्रै देशका सबै नागरिकमा ऊर्जाको पहुँच सुनिश्चित गरिने बताए ।

साथै सरकारले आगामी २ वर्षभित्रै देशका सबै घरमा विद्युत सुविधा उपलब्ध गराउने पनि जनाएको छ । यस्तै विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिजुली खपत बढाइ खाना पकाउने ग्यासलाई क्रमशः विद्युतबाट प्रतिस्थापन गरिने पनि सरकारले नीति लिएको पौडेलले जनाए ।

प्रकाशित : जेष्ठ ५, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?