कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन र स्वास्थ्य उपचार सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न चीन सरकारको थप सहयोग र सहकार्य चाहेको बताए ।

चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री दाहाल

'स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिका लागि स्वास्थ्य उपकरणको व्यवस्थापन, पूर्वाधार विकास, चिकित्सक र स्वास्थ्यकर्मीहरुको सीप विकास तथा स्वास्थ्य क्षेत्रको प्रविधि आदानप्रदान जस्ता विषयहरुमा हामी चीन सरकारको थप सहयोग र सहकार्य होस् भन्ने चाहन्छौं,' उनले भने ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङको सबैका लागि स्वास्थ्य भन्ने नाराका लागि विश्व समुदाय निर्माण गर्ने भिजनमा समेत नेपालले सहकार्य गर्न चाहिरहेको बताए ।

उनले चीन सरकारले नेपालका विभिन्न अस्पतालहरुलाई अत्याधुनिक प्रविधिहरु उपलब्ध गराउन चीन सरकारले सहमति जनाएको जानकारी दिए । 'चीनले सिभिल अस्पतालका लागि ब्लड क्यान्सरको उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक कार-टि-सेल प्रविधि उपलब्ध गराएको छ । मलाई लाग्छ, चीनले जनाएको प्रतिवद्धताको यो पनि एउटा कदम हो,' उनले भने ।

उनले सिभिल अस्पताललाई मात्रै नभएर नेपालका अन्य अस्पतालहरुलाई समेत चीनजस्ता अन्य मित्र राष्ट्रहरुको सहयोग लिएर भएपनि विश्वस्तरीय चिकित्सा उपचार उपलब्ध गराउनेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए ।

प्रकाशित : वैशाख १५, २०८० १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?