कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका सन्देश शर्मा पक्राउ

मातृका दाहाल

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका सन्देश शर्मा पक्राउ

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए ।

फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । करिब १० महिनापछि उनी पक्राउ परेका हुन् ।

गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बुधबार पक्राउ परेका शर्माविरुद्ध अनुसन्धान अगाडि बढेको बताए । पक्राउअघि शर्मा भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए । पछिल्लो समय शर्मा हरियाणा राज्यमा रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र २९, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?