कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

काठमाडौँ — बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  शुक्रबार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई छन् ।

स्वदेश फर्किएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताइन् । नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् ।

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

प्रकाशित : चैत्र १०, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?