विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

प्रतिनिधिसभामा आइतबारबाटै प्रमुख प्रतिपक्षीको बेन्च छाडेर सत्तापक्षमा बस्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोमबार पुष्पकमल दाहालले विश्वासको मत लिन लाग्दैछन् । कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

वर्षा र विवादबीच स्ववियु निर्वाचन जारी

आनन्द गौतम

ताप्लेजुङ — एमाले निकटको अनेरास्ववियु र जसपा निकटको संघीय विद्यार्थी युनियनको तालाबन्दी र वर्षाका बीच पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । बिहान ८ बजेदेखि गर्ने भनिएपनि ९ बजे पछि मात्रै मतदान सुरु भएको हो । रातिदेखि वर्षा भइरहेकाले विद्यार्थीहरु छाता ओढेर ढिलोगरी आइरहेका छन् ।

हठातमा निर्वाचन अधिकृत परिवर्तन गरिएको र परिचयपत्रमा क्युआर स्क्यान गर्दा पूर्ण विवरण नदेखिएको भन्दै दुई विद्यार्थी संगठनले मौन अवधि सुरु हुने दिन बेलुका क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए ।

पटक/पटकको छलफलमा सहमति नभएपछि शनिबार दिउँसो एमालेका निवर्तमान जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्वोहाङ सहितका नेताले क्याम्पसमै पुगेर निर्वाचन नगराउन चेतावनी दिएका थिए । क्याम्पस प्रशासनले निर्वाचन गर्ने एकिन गरेपछि जिल्ला प्रशासन कार्यालयमा शनिबार बेलुका सर्वदलिय, सर्वपक्षीय बैठक भएको थियो । उक्त छलफलमा पनि सहमति नजुटेपछि निर्वाचन सुरु भएको हो ।

निर्वाचन अधिकृत उमेश अधिकारीले जरुरी कामले विराटनगर जानुपर्ने भन्दै राजीनामा दिएपछि क्याम्पस प्रशासनले समितिका सदस्य युवराज बस्नेतलाई अधिकृत बनाएको छ । अधिकारीले भने कसैको दबाब र हठातमा नभइ आफ्नो विशेष कामले सबै विद्यार्थीलाई सुनाएर राजिनामा दिएको बताएका छन् । रातिदेखि वर्षा भएपछि पाल लगाएर मतदानस्थल बनाइएको छ ।

क्याम्पसमा एमाले र जसपा निकटका विद्यार्थी संगठनले एउटा र कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी, नेकपा एस निकटको अनेरास्ववियु र संघीय लोकतान्त्रिक मञ्च निकटको विद्यार्थी संगठनले एउटा समूह बनाएका छन् ।

क्याम्पसमा ९ सय ८३ विद्यार्थी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।



प्रकाशित : चैत्र ५, २०७९ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×