कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोहनीको संयोजकत्वमा राप्रपाको केन्द्रीय निर्देशन समिति गठन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

लोहनीको संयोजकत्वमा राप्रपाको केन्द्रीय निर्देशन समिति गठन

त्यस्तै पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरिएको छ ।

बैठकले आगामी २०८० वैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित : माघ १९, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?