झुट्टा प्रमाणपत्र पेस गर्ने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भिमोदय नमुना माध्यमिक विद्यालय, चितवनका प्रधानाध्यापक ४७ वर्षीय हरिप्रसाद कँडेलविरुद्ध मुद्दा दायर भएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन, कालिका नगरपालिका ५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष अदालत काठमाडौंमा दर्ता गरेको जनाएको छ । झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेसगरी भिमोदय मावि शिक्षक पदमा नियुक्त भई हालसम्म लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) वमोजिम कैद र जरिवानाको सजाय हुन अभियोग माग/दाबी अख्तियारले गरेको छ ।

कँडेलले जागिर प्रवेश गर्दा भीमोदय माविबाट एसएलसीदेखि नेपाल-भारतका विभिन्न विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरेको र विद्यावारिधि अध्ययनरत रहेको विवरण फाराममा उल्लेख गरेका छन् ।

उनको कागजातका विषयमा आयोगका अनुसन्धान अधिकृतद्वय समन्तमणि आचार्य र राजकुमार श्रेष्ठले अनुसन्धान गरेका थिए । प्रधानाध्यापक कँडेलको शिक्षा विकास तथा समन्वय इकाई, चितवनमा दुईवटा फाइल फेला परेको, फाइलमा सिटरोल फाराम संलग्न नभएको, दुईवटा फाइल खडा भएको सम्बन्धमा कार्यालयबाट स्पष्ट जानकारी नदिइएको लगायत कैफियत फेल परेको थियो ।

आचार्यको प्रतिवेदनअनुसार कँडेलले युनाइटेड टेक्निकल कलेज भरतपुर-११ मा उनले सन् २०१८ मा एक सेमेस्टरमात्र अध्यापन गराएको, सो समयमा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरु फेला नपरेको तर उनले अध्यापन गर्नुपूर्व आफ्नै इमेलमार्फत उक्त कलेजको प्रशासन शाखामा पठाएको बायोडाटा सहितको विवरण एवं इमेलको प्रिन्ट प्रति कलेज प्रशासनबाट प्रमाणित गरी लिइएकोजस्ता विषय उल्लेख छन् ।

आरोपपत्रको पूर्ण पाठ :

प्रकाशित : माघ १८, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्

नवौं एक्सेल्सियर कप बिहीबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कप बास्केटबल/फुटबल प्रतियोगिता बिहीबारदेखि आयोजना गर्ने भएको छ । बास्केटबलतर्फ सिनियर ब्वाइज र गर्ल्समा १३–१३ टिम सहभागी हुने छन् । लिगकम नकआउटका आधारमा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार पत्रकार सम्मेलन बताए ।

फुटबल भने फाइभ ए साइडका आधारमा हुनेछ । ब्वाइज यू–१२ मा १४ टिम र यू–१६ मा १६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोखिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कप सुरु गरेको बताए ।

एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठ दिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने बताए । खेलहरू आयोजकको स्कुलको मैदानमा हुनेछ ।

प्रकाशित : माघ १८, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×