कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्रमन्त्री पौड्यालको पहिलो विदेश भ्रमण श्रीलंका

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्यालको पहिलो विदेश भ्रमण श्रीलंका हुने भएको छ । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री पौड्यालको पहिलो विदेश भ्रमण श्रीलंका

परराष्ट्र स्रोतका अनुसार नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएलगत्तै नेपालले सहभागिता जनाउने जवाफ दिएको हो ।

कार्यवाहक राजदूत डिल्मिनीले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री पौड्याललाई हस्तान्तरण गरेकी थिइन् । जवाफमा परराष्ट्रमन्त्री पौड्यालले आफूले श्रीलंकाको भ्रमण गर्ने जवाफ दिएकी हुन् ।

श्रीलंकाको स्वतन्त्रता दिवस फेब्रुअरी ४ (माघ २१) मा रहेको छ । श्रीलंका ७५ वर्षअघि बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

दक्षिण एसियाली मुलुक श्रीलंकाले आर्थिक संकटका बाबजुद यसपटक विशेष रुपमा अन्तर्राष्ट्रिय पाहुनाहरु बोलाएर आफ्नो स्वतन्त्रता दिवस मनाउन लागेको छ । यस अवसरमा अन्य मुलुकबाट पनि विदेश मन्त्रीहरुको सहभागिता हुने पक्का भइसकेको छ ।

‘त्यसैले पनि हाम्रो मन्त्रीज्यूले श्रीलंकाको भ्रमण गर्न लाग्नु भएको हो,’ परराष्ट्रका एक कूटनीतिक अधिकारीले भने । परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।

प्रकाशित : माघ १५, २०७९ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?