कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसभामुख रानामगरले गरिन् पदभार ग्रहण

काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पदभार ग्रहण गरेकी छन् । संसद्‍ सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराएपछि उपसभामुख रानामगरले पदभार ग्रहण गरेकी हुन् ।

उपसभामुख रानामगरले गरिन् पदभार ग्रहण

'संवैधानिक परिषद्का सदस्यका रूपमा निर्णायक भूमिका खेल्छु । सभामुखको समन्वयमा विधेयक र कानुन निर्माणमा काम गर्नेछु,' रानाले भनिन् ।

शपथग्रहणअघि रानाले राष्ट्रिय स्वतन्त्र पार्टीको सबै जिम्मेवारी परित्याग गरेकी थिइन् । सत्ता गठबन्धनले उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । शनिबार भएको निर्वाचनमा राना कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् ।

प्रकाशित : माघ ९, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?