काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समिति बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै छन् ।
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।
मिस्टर गे नेपाल–२०२४ को उपाधि लक्ष्मण मगरले जितेका छन् । मायाको पहिचान नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै मगरले उपाधि जितेका हुन् ।
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सुनाकोठीमा बालकुमारीको खट जात्रा सुरू भएको छ । जात्रा चैत शुक्ल त्रयोदशी अर्थात आइतबारदेखि मंगलबार (पूर्णिमा) सम्म मनाइने गरिन्छ । जात्राको पहिलो दिन स्थानीयबासी मिलेर ललितपुर महानगरपालिका–२७ स्थित भृगारेश्वर महादेव मन्दिरको पश्चिमपट्टि रहेको ‘योसी गाले’ मा नागराजाको प्रतिकको रूपमा ६४ हात अग्लो योसी (लिंगो) ठ्याइएको छ ।