१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

ललितपुर महानगरद्वारा सदर चिडियाखानालाई विद्युतीय गल्फ कार्ट हस्तान्तरण

बाघको अभिभावकत्व ग्रहणका लागि १५ लाख रुपैयाँको चेक प्रदान

ललितपुर — ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानालाई विद्युतीय गल्फ कार्ट प्रदान गरेको छ । 

ललितपुर महानगरद्वारा सदर चिडियाखानालाई विद्युतीय गल्फ कार्ट हस्तान्तरण

शुक्रबार एक समारोहबीच नगरप्रमुख चिरीबाबु महर्जनले सदर चिडियाखानाका प्रमुख राजकुमार गुरुङलाई विद्युतीय गल्फ कार्टको साँचो हस्तान्तरण गरेका हुन् । चिडियाखाना घुम्न जाने वृद्ध-वृद्धा र अशक्तहरुलाई लक्षित गरी गल्फ कार्ट सञ्चालनमा ल्याएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले जानकारी दिए ।

साँचो हस्तान्तरणपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत वृद्ध-वृद्धाहरुलाई चढाएर चिडियाखाना परिक्रमा गराइएको थियो । कार्यक्रममा जनप्रतिनिधि, वन मन्त्रालयका सहसचिवहरु, सुरक्षा निकायका प्रमुख, चिडियाखानाका कर्मचारी लगायतको उपस्थिति थियो । महानगरले खरिद गरेको गल्फ कार्टको मूल्य ४१ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

यस्तै चिडियाखानामा रहेका बाघ संरक्षणका लागि महानगरले अभिभावकत्वसमेत ग्रहण गरेको थियो । जसका लागि शुक्रबार नै महानगर प्रमुख महर्जनले चिडियाखाना प्रमुख गुरुङ र प्रकृति संरक्षण कोषका सदस्यसचिव अधिकारीलाई १५ लाख रुपैयाँको चेक प्रदान गरेका थिए । सदर चिडियाखानामा एक सय दुई प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तुहरू छन् ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : वैशाख ७, २०८१ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?