कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

एनआईसी एसियाको जरिवाना छुट योजना

काठमाडौँ — एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जा प्रवाहमा छुट योजना ल्याएको छ । बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने जनाएको हो । 

एनआईसी एसियाको जरिवाना छुट योजना

आर्थिक शिथिलताले कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले साधारण बक्यौता ब्याज रकममा समेत १५ देखि ३५ प्रतिशतसम्म छुट दिने विज्ञप्तिमार्फत जनाएको छ ।

‘योजनाअन्तर्गत मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू, बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा लागू हुनेछ,’ बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १७, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×