कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

सन् २०२२ मा आजकै दिन : जापानी पूर्वप्रधानमन्त्री आबेको हत्या 

काठमाडौँ — सन् २०२२ मा आजकै दिन (जुलाई ८) मा जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको थियो । नारा सहरमा आयोजित एक कार्यक्रमा भाषण गरिरहेका आबेमाथि ४२ वर्षीय तेत्सुया यामागामीले गोली प्रहार गरेका थिए । आबेले नारामा पुनः हुन लागेको चुनावी प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । 

सन् २०२२ मा आजकै दिन : जापानी पूर्वप्रधानमन्त्री आबेको हत्या 

गोली प्रहार भएलगत्तै पूर्वप्रधानमन्त्री आबे भुइँमा ढलेका थिए । उनको छातीमा गोली लागेको थियो । घटनास्थलमा प्राथमिक उपचारपछि आबेलाई एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो । त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

१९५४ सेप्टेम्बर २१ मा जन्मिएका आबे १९९३ मा पहिलो पटक सांसद बनेका थिए । २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्का सदस्य बने । अर्को वर्ष ५१ वर्षको उमेरमा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।

आबे २००६ देखि २००७ र २०१२ देखि २०२० सम्म गरी नौ वर्ष जापानको प्रधानमन्त्री थिए । उनी दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने नेता हुन् । आबे आफ्नो शासनकालमा अवलम्बन गरेको अर्थनीति ‘आबेनोमिक्स’ का कारण विश्वभर चर्चित छन् ।

प्रकाशित : असार २४, २०८१ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×