टीभीएसको ‘आईक्यूब ईलेक्ट्रिक स्कुटर’ सार्वजनिक
काठमाडौँ — दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ ‘टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर’ सार्वजनिक गरेको छ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ पाउनेछ ।
नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध छ । ग्राहकले टिभिएस आईक्यूब २ लाख ९९ हजार ९ सय रुपैयाँमा खरिद गर्न सक्नेछ । टिभिएस आईक्यूवका दुई पांग्रे सवारी साधनले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरी १० हजार २ सय ७५ लिटर इन्धन बचत गरेको छ । वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ ।
नेपालमा ३३ डिलरहरूमा टीभीएसको ‘आईक्यूब ईलेक्ट्रिक स्कुटर’ उपलब्ध हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सक्ने जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए ।
प्रकाशित : वैशाख १२, २०८१ ०९:४५