कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इटहरीमा पहिलो पटक जुत्ता–चप्पल व्यापार महोत्सव

अर्जुन सुवेदी

सुनसरी — इटहरीमा पहिलो पटक जुत्ता–चप्पल व्यापार महोत्सव हुने भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत २५ गतेसम्म महोत्सव हुन लागेको हो ।

इटहरीमा पहिलो पटक जुत्ता–चप्पल व्यापार महोत्सव

आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा इटहरी पश्चिमलाइनस्थित यमाहा शोरुम छेउमा जुत्ता चप्पल महोत्सव ३५ दिनसम्म चल्ने अध्यक्ष एवंम फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए ।

स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुची जगाउने उद्देश्य मुख्य राखिएको महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने बताइएको छ । महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने र महोत्सवभरि २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ ।

महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । जसमा रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको बीएफ डियर हिल शुज, लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, डीजे शुज कम्पनीको डिजे शुज रहेको उपाध्यायले जानकारी दिए ।

महोत्सव अवधीभरमा करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×